Rule 20
स्वास्थ्यकर कोषको व्यवस्थापन र सञ्चालन
(१) स्वास्थ्यकर कोषमा जम्मा भएको रकम समितिले तोकेको नेपालभित्रको “क” वर्गको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(२) कोषको खाताको सञ्चालन समितिको सदस्य–सचिव र लेखा सम्बन्धी कार्य गर्ने कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।